
काठमाडौं, वैशाख १ । शिख धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी बुधबार वैशाखी पर्व मनाएका छन् ।
शिखधर्मका १०औं गुरु गोविन्द सिंहले खाल्सा पन्थ स्थापना गरेको दिन वैशाख १ गते उनीहरुले वैशाखी मनाउने गर्दछन् ।
यसै अवसरमा बुधबार ललितपुरको कुपन्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग भवनमा सत्संग आयोजना गरियो ।
कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेत, भारतीय राजदूत रणजित रायलगायतको सहभागिता थियो ।
कार्यक्रममा शिखधर्मका गुरु गोविन्द सिंहको योगदानबारे चर्चा गरिएको थियो ।
गुरु गोविन्दले नै शिखधर्ममा गुरु प्रथाको अन्त्य गरी शिखहरुको धार्मिक ग्रन्थ (ग्रन्थ साहिब)लाई मार्गनिर्देशकोरुपमा स्थापित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्