Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


टेलिकम सुधारको मार्गचित्र सार्वजनिक


0
Shares

काठमाडौं, वैशाख ८ । दूरसन्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ भित्र सम्पन्न गरिसक्ने गरी सुधारको मार्गचित्र सार्वजनिक गरेको छ ।

टेलिकमले एक वर्षभित्र कम्पनीको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सुधार मार्गचित्र ल्याएको कम्पनीले जनाएको छ ।

बुधबार सूचना तथा सन्चारमन्त्री शेरधन राईको उपस्थितिमा सार्वजनिक गरिएको सुधार मार्गचित्रमा देशका विभिन्न १५ स्थानमा एकीकृत मर्मत केन्द्र स्थापना गर्ने, संस्थागत् रणनीति बनाइ लागू गर्ने, देशव्यापीरुपमा वाइफाइ सेवा विस्तार गर्ने छन् ।

यस्तै, महानगरपालिका र उपमहानगरपालिकाहरुमा ‘फोरजी’ सेवा र अन्य नगरपालिकामा ‘थ्रीजी’ सेवा पुर्‍याउने, मोबाइल मनी सेवा सन्चालन गर्नेछन् ।

यसैगरी, चीनतर्फको क्रस बोर्डर अप्टिकल फाइबर सन्चालन गर्ने, विदेशी मोबाइल सेवा प्रदायकहरुसँगको सहकार्यमा ‘प्रिफेर्ड रोमिङ’ सेवा सुरु गर्नेलगायतका योजना टेलिकमको छ ।

मन्त्री राईले टेलिकमको सेवालाई प्रभावकारी, गुणस्तरीय एवं प्रतिस्पर्धी बनाइ नम्बर एक कम्पनी बनाउन सुधार मार्गचित्र ल्याउनुपरेको बताए ।

उनले गुणस्तरीयता र जवाफदेहीतालाई पहिलो प्राथमिकता दिन कर्मचारीलाई आग्रह गरे ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सुधार योजना पूर्णरुपमा कार्यान्वयनमा आउने र यसले संस्थालाई प्रतिस्पर्धी बनाउने बताए ।