१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बजेटप्रति कृषक असन्तुष्ट


0
Shares

काठमाडौं, जेठ २९ । कृषकहरुले सरकारले आगामी आर्थिक वर्ष ०७५/०७६ मा ल्याएको बजेट कृषि क्षेत्रका लागि पर्याप्त नभएकोे गुनासो गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटले लिएका आधारभूत दिशा र जोडमा नै वैचारिक अस्पस्टता देखिएको भन्दै कृषकहरुले गुनासोसमेत गरेका छन् ।

मंगलबार राजधानीमा राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले संयुक्तरुपमा आयोजना गरेको यससम्बन्धी छलफल कार्यक्रममा उनीहरुले उत्पादन बढाउन साना तथा मध्यम किसानहरुलाई सरकारले केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

कृषि उत्पादन पाँच वर्षमा दोब्बर बढाइने सरकारको लक्ष्य भएपनि उत्पादन वृद्धि गर्ने नयाँ कार्यक्रमको अभाव रहेको पनि कृषकहरुले बताए ।

कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चत्रपाणि खनालले भूमि व्यवसथापनमा ठोस नीति ल्याउनसके कृषि क्षेत्रलाई अगाडि बढाउन बाटो खुल्ने बताउँदै सरकार त्यसतर्फ गम्भीर रहेको बताए ।