
काठमाडौं, जेठ ५ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशन नभएको आठ वर्ष पुरा भयो । २०६४ पछि नेपाल विद्यार्थी संघको महाधिवेशन भएको छैन ।
त्यसले एकातिर भएका नेताहरु नयाँ चरणको नेतृत्व विकास हुन नसकेर गुम्सनु परेको अबस्था छ भन्दै गुनासो गरिरहेका छन् भने नयाँ नयाँ आउनेहरुले उनीहरुले ठाउँ नछोडेका कारण नेतृत्व विकासको बाटो अबरुद्ध भएको गुनासो गरिरहेका छन् ।
यही समयमा नेपाल विद्यार्थी संघका क्यामस स्तरका नेताहरुको भेलाले नयाँ नारा अगाडी ल्याएको छ । नेपाल विद्यार्थी संघको राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने ? उनीहरुले नेपाल विद्यार्थी संघको राजनीति गर्न उमेरको हद लाग्ने कि नलाग्ने विद्यार्थी संघमा लगातार कति समयसम् राजनीति गर्न पाइने ? प्रश्नहरुपनि उठाउका छन् ।
उपत्यकाका ग्रामिण आदर्श, पद्मकन्या, थापाथली, पशुपति लगायतका करिव तिन दर्जन क्याम्पसका इकाइ अध्यक्षको भेलाले विद्यार्थी संघ र नेपाली कांग्रेसका नेताहरुसँग व्यापक छलफल गरेर एउटा नचोड निकाल्ले निर्णय गरेका छन् ।
‘आज प्रारम्भिक भेला मात्र हो यो कसैलाई आरोपित गर्ने वा कसैलाई सहयोग गर्ने भन्दा पनि विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने भन्ने विषयको छलफल पनि होु ग्रामिण आदर्श क्याम्पसका इकाइ अध्यक्ष सुशील भट्टले भने, ‘यो भेलाले साथिहरुमा केही उत्साह ल्याएको छ अर्को भेलाबाट के के गर्ने र कहाँ कहाँ विद्यार्थीका मुद्धा स्थापित गरेने भन्ने ठोस निर्णय गर्ने बताए ।
उनले विश्विवद्यालयको कुनै एउटा तहको रुटिन वा रिजल्ट हुँदै गर्दा समेत चासो नहुने व्यक्ति विद्यार्थी नेता हुने कि नहुने भन्ने प्रश्न लिएर विद्यार्थीहरुमाझ बहस गर्न लागेको उनले बताए ।
नेविसंघ पोखरा विश्वविद्यालय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले सँगै राजनीति गरेका प्रतिस्पर्धी संगठनका साथीहरु त्यो संगठनबाट नै रिटाएर्ड भइसक्दा समेत नेविसंघमा नयाँ चुनाव नहुनुले यस्ता विषयको बहस जरुरी भएको बताए ।
स्वभाविक समयमा चुनाव गर्ने र प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व हस्तान्तरण गर्ने हो भने यस्ता प्रश्नहरु सायद असान्दर्भिक पनि हुन सक्थे होलानु त्रिपाठीले भने, ‘नेतृत्व विकाशमा भएको नाकाबन्दीले यी प्रश्नलाई सान्दर्भिक र अत्यावस्यक बनाएको छ ।’
उनले बावु पस्ता देखि छोरा पुस्तासम्म एउटै प्रतिस्पर्धामा हुने विद्यार्थी संगठनको विशेषता हुन नसक्ने बताए । भेलामा आएका विभिन्न क्याम्पसका विद्यार्थीहरुले नामले नै विद्यार्थी संगठऊन भएकाले यसमा गैर विद्यार्थीलाई ठाउँ नहुने बताए ।
‘खाली विद्यार्थी राजनीति भनेर बुढा पुस्तासम्मले राजनीति गर्ने थलो बनाउने हो भने विद्यार्थी राजनीति नै आवस्क छैनु उनले भने, ‘यदी विद्यार्थीकै लागि राजनीति गर्ने हो भने विद्यारी भएरै गर्नुपर्यो र राजनीतिक एजेण्डा भन्दा शैक्षिक एजेण्डालाई प्राथमिकता दिनुपर्यो ।’
भेलामा उपत्यकाका पिके क्याम्पस इकाई अध्यक्ष साधन घिमिरे ,ग्रामिण आदर्श अध्यक्ष सुशील भट्ट,यन आर अध्यक्ष परोपकार अधिकारि,ल क्याम्पस अध्यक्ष रन्जिता कार्की ,थापाथली क्याम्पस अध्यक्ष नारायण घिमिरे ,वाल्मीकि अध्यक्ष रबिन्द्र बराकोटी, मनोहर अध्यक्ष निरन्जन थापालगायतका इकाई अध्यक्ष तथा विभिन्न क्याम्पस का इकाई प्रतिनिधिहरु र पोखरा बिश्वबिध्यालय अध्यक्ष नबराज त्रिपाठि प्राबिधिक विद्यार्थी अध्यक्ष पुस्प पस्नेत लगायत उपत्यकामा उपलब्ध १५० जना अगुवा नेताकार्यकर्ता को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्