६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


‘बुद्धको जन्म नेपालमा, बाल्यकाल नेपालमै’, अन्तर्राष्ट्रिय बैद्ध सम्मेलन सम्पन्न


13
Shares

काठमाडौं, जेठ ७ । लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि भन्ने सन्देशसहित राजधानीमा विहीबारदेखि भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुक्रबार सकिएको छ ।

२३ देशका सरकारी प्रतिनिधि, बौद्ध धर्मालम्बी, बौद्ध दर्शनका ज्ञातालगायतको उपस्थिति रहेको सम्मेलनमा बुद्ध नेपालमा नै जन्मेको र बाल्यकाल नेपालमै बितेकोलगायत विषयमा कार्यपत्र पेश गरिएको थियो ।

बुद्ध विश्वको नै ज्योतिपुञ्ज भएको, बुद्धले दिएको ज्ञान विश्वले नै अनुशरण गर्नुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

शनिबार लुम्बिनीमा २५ सय ६०औं बुद्धजयन्ती मनाउँदै लुम्बिनी घोषणपत्र सार्वजनिक गरिँदैछ ।