
काठमाडौं, जेठ २९ । अघिल्लो दिन सुधारिएको सेयरबजारमा मंगलबार पुनः सामान्य अंकले गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले कमी आएर १२ सय ३९ कायम भएर थामियो । आधाभन्दा बढी समूह रातो रहेसँगै नेप्से पनि ऋणात्मकमा थामिएको हो ।
होटल, वाणिज्य बैंक, जलविद्युत्, लघुवित्त र विकास बैंक समूह रातो रहे । होटल समूह दोहोरो अंकले झर्दा अरु समूह सामान्य अंकले रातो रहेका हुन् । उत्पादनमूलक, वित्त र बिमा समूह सामान्य अंकले हरियो रहँदा अन्य समूह भने स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ९ लाख ५७ हजार कित्ता सेयर ३० करोड २८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्