१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


चालिस हजार घुससहित प्रास कुसियैत पक्राउ


0
Shares

सप्तरी, जेठ १० । सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई रु ४० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

शिक्षकलाई सप्तरीबाट धनुषा सरुवा गराइदिने भन्दै घुस लिएको आरोपमा यादवलाई पक्राउ गरिएको बताइएको छ । घुसको सूचना दिने र सरुवा गराउने शिक्षकको नाम भने अख्तियारले गोप्य राखेको छ ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा आज लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

यस्तै डेढ महिना अगाडि सप्तरीमा अख्तियारको टोलीले मोटरसाइकलको दुर्घटना मिलाइदिने भन्दै रु ४० हजार घुससहित एकजना प्रहरी निरीक्षकलाई पक्राउ गरेको थियो । रासस