Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मधेसी मोर्चाद्धारा संसद बैठक बहिस्कार


0
Shares

काठमाडौं, जेठ १४ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठक सुरु हुनासाथ सांसद गंगा चौधरीले विभिन्न माग राखी आदिबासी, जनजाति, थारु तथा मुस्लिम समुदायले सुरु गरेको आन्दोलन एक वर्ष बित्नलाग्दा पनि सरकारले माग पूरा गर्न कुनै सुनुवाइ नगरेकोमा आपत्ति जनाइन् ।

उनले तराईका २२ जिल्लामा जारी आन्दोलन काठमाडौंकेन्द्रित रहेको चर्चा गर्दै बाराका उद्योपति सुरेशकुमार केडिया अपहरणमा परेको हुँदा उनको अवस्थाकाबारेमा सदनमा जानकारी दिन सरकारसित माग गरिन् ।

यसपछि सांसद चौधरीले शुक्रबारको सदनको बैठक पनि तराई मधेसकेन्द्रित दलले भाग नलिने भन्दै आ–आफ्नो आसनबाट उठी सभाकक्षबाट बाहिरिएकी थिइन् ।

ती दलले निरन्तर सदन बहिस्कार गर्दै आएका छन् । रासस