Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


उद्योगी केडियालाई अपहरणमुक्त बनाउन एमालेको माग


0
Shares

काठमाडौं, जेठ १४ । नेकपा एमालेले उद्योगी सुरेशकुमार केडियाको अपहरणमा संलग्न अपराधीलाई पक्राउ गर्न तथा उनलाई अपहरणमुक्त बनाउन माग गरेको छ ।

पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा मुलुकको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक केडियाको बिहीबार कलैयामा भएको अपहरणको निन्दा गर्दै अपहरणकाक्रममा घाइते भएका सवारीचालक श्यामउमेशप्रसाद साह कानुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

वक्तव्यमा यस्ता आपराधिक घटनालाई नियन्त्रणमा लिएर नेपालमा लगानी तथा व्यावसायिक वातावरण बनाउन तथा शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गर्न सरकारलाई आग्रह गरिएको छ । रासस