२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


९ बुँदे सहमतिप्रति आपत्ति, जथाभावी सम्झौता गर्ने अधिकार कसैलाई छैन : देउवा


0
Shares

काठमाडौं, जेठ १४ । मानवअधिकारकर्मीहरुले नेकपा एमाले र माओवादीबीच भएको ९ बुँदे सहमतिप्रति असहमति जनाएका छन् ।

एम्नेष्टी इन्टरनेसनलको ५५औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी अधिकारकर्मीहरु दमननाथ ढुंगाना, चरण प्रसाइँ, वीरेन्द्र मिश्रलगायतले उक्त सहमतिले द्वन्द्वपीडितहरुले न्याय पाउने आशालाई कमजोर बनाएको जिकिर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले र माओवादी सहमतिप्रति आपत्ति जनाए ।

शान्ति–सम्झौता भइसकेपछि सबैपक्ष त्यसकै आधारमा अघि बढ्नुपर्ने भन्दै देउवाले ‘जथाभावी सम्झौता गर्ने अधिकार कसैलाई छैन’–भने ।

कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले ९ बुँदे सहमतिको बचाऊ गर्दै ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको उद्देश्य नै मेलमिलाप गराउनु हो’–भने ।

उनले जघन्य अपराध गरेकालाई सजाय हुने दाबी पनि गरे ।

यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायलाई नियमित प्रक्रियासँग जोडेर हेर्न नमिल्ने जिकिर गर्दै त्यसो गर्दा शान्ति–सम्झौता उल्लंघन हुने र देश फेरि द्वन्द्वमा जानसक्ने बताए ।