Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


गणतन्त्रकाविरुद्ध चलखेल भइरहेको छ : सिंह


0
Shares

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रकाविरुद्ध चलखेल भइरहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसर पारेर शनिबार कामद कलेजले सुकेधारामा आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले ‘संविधानको पूर्णकार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुनसक्छ, यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ’–भने ।

उनले अझसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कलेजका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली शिवाकोटीले नेपालको शिक्षा क्षेत्रमा थप योगदान पुर्‍याउनका लागि कलेजको स्थापना गरिएको बताए ।

गणतन्त्र दिवसका अवसरमा सो कलेजले प्रत्येक वर्ष पाँचजना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दे आएकामा यस वर्ष भूकम्पपीडित एकजनालाई थप गरी ६ जनालाई प्रदान गरेको थियो ।

यस्तै, कलेजमा स्थापनाकालदेखि योगदान दिने पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो । रासस

फाइल फोटो