Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेवि संघको ११औं महाधिवेशन ‘असार अन्तिम साता’


0
Shares

काठमाडौं, जेठ १५ । लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ ।

जेठ २५ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने संघको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौं, पोखरा, नेपालगन्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष रञ्जित कर्णले राख्ने तयारी गरेको नेवि संघले जनाएको छ ।

संघका प्रवक्ता युपी लामिछानेले राससलाई बताएअनुसार संविधानसभाबाट असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ बमोजिम संघीय संरचनाका आधारमा विधान संशोधन गरी महाधिवेशन गरिने प्रस्ताव बैठकमा राखिनेछ ।

वि.सं २०६४ असोज ८ गते नेपाली कांग्रेस एकीकरण भएपछि पार्टीको दुईपटक महाधिवेशन भएपनि प्रमुख भ्रातृसंस्था संघको एकपटक पनि महाधिवेशन हुन सकेको छैन । रासस