
काठमाडौं, जेठ १७ । ६९९ सदस्यीय केन्द्रीय समिति बनाएको नेकपा (माओवादी केन्द्र)ले अझै ३ सय थपेर हजार सदस्यीय बनाउने भएको छ । केन्द्रको सोमबार बस्ने बैठकले त्यस्तो निर्णय लिनेछ ।
माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ट नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोस पोखेपछि पुनको कार्यदल दबाबमा परेको हो ।
स्रोतका अनुसार पुन स्वयंले एकता प्रक्रियामा आउँदा अरु दलले केन्द्रीय समिति बढाएको तर एमाओवादीले नबढाएकोमा अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्टि जनाएका छन् ।
अहिल्यै सदस्य नथपिए दीर्घकालिन रुपमा आफ्नो पक्षको शक्ति कमजोर हुन जाने माओवादी केन्द्रको बुझाई छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्