Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


ट्याक्टरले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु


0
Shares

सप्तरी, जेठ १७ । सप्तरीको मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा आज बिहान ट्याक्टरले ठक्कर दिएर ११ वर्षीय एक बालकको मृत्यु भएको छ ।

स्थानीय शिवनारायण चौधरीको छोरा रमित कुमार चौधरीलाई बाटो क्रश गर्नेक्रममा बिहान ६ बजेतिर स१त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्कबाट गम्भीर घाइते बालकलाई उपचारकालागि रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

बालकको शव सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।