१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


‘१० वर्षमा नेपालले चन्द्रमामा रकेट प्रक्षेपण गर्न सक्छ’, बैज्ञानिकले मागे सहयोग


0
Shares

काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको अधिकतम् प्रयोगबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताएका छन् ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले आज राजधानीमा गरेको कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासबाटै परिवर्तन सम्भव हुने बताएका हुन् ।

उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा ध्यान दिन वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । विज्ञान र प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले लगानी बढाउने योजना बनाइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकको प्रोत्साहन बढाउन सरकारले विशेष योजना बनाएको जानकारी दिए । कार्यक्रममा वैज्ञानिकहरुले भने विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अत्यन्त कम भएको गुनासो गरेका थिए ।

उनीहरुले प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भए १० वर्षमा नेपालले चन्द्रमामा रकेट प्रक्षेपण गर्न सक्ने बताए । विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत खोज जरुरी रहेकाले सहयोगका लागि सरकारसँग आग्रह गरे ।