Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एनसेलद्वारा आक्रमणको भत्सर्ना, ‘२४ ओटा स्टेसनमा क्षति’


0
Shares

काठमाडौं, जेठ ३१ । निजी क्षेत्रको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसन्चार पूर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गरी आक्रमणको भत्सर्ना गरेको हो ।

सन्चार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अतिमहत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध भएपनि केहि अज्ञात समूहले शनिबारदेखि एनसेलको विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा रहेका २४ ओटा बेस स्टेसनमा क्षति पुर्‍याएको एनसेलले जनाएको छ ।

यसले करिब ५ लाख ५० हजार नागरिकलाई  प्रत्यक्षरुपमा सन्चारविहीन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको एनसेलले उल्लेख गरेको छ ।

सम्बन्धित सबैलाई नागरिकको सन्चारमा पहुँच तथा प्रयोगजस्तो आधारभूत अधिकारको सम्मान गर्न एनसेलले आग्रह गरेको छ ।

क्षति पुगेका टावरको यथाशक्य चाँडो पुनःस्थापनाका लागि प्रयत्नशील रहेको पनि कम्पनीले जनाएको छ  ।