११ असार २०८२, बुधबार | Wed Jun 25 2025


त्रिवि चार वर्षे बीबीएस पहिलो वर्षको नतिजा प्रकाशित


0
Shares

काठमाडौं, जेठ ३२ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मंसिर/पुस महिनामा सन्चालित व्यवस्थापन संकायतर्फ चार वर्षीय स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षाक्रमांक, ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ का परीक्षार्थीलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निस्काशन गरिएको कार्यालयले जनाएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.tu.ntc.net.np मा हेर्न सकिने छ । रासस