२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


नेविसंघको विवादित विषय समाधान गर्न सात सदस्यीय कार्यदल


0
Shares

काठमाडौं, असार ५ । नेपाल विद्यार्थी संघले ११ औँ महाधिवेशनका सन्दर्भमा देखिएका विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।

लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको नेविसंघका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आइतबार विज्ञप्ति जारी गरी जनाएका हु । कार्यदलका सदस्यमा सुुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहेका छन् ।

अध्यक्ष कर्णका अनुसार उक्त कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्ने छ । सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न ती दुई जिल्लामा दुई÷दुई जनालाई खटाइएको पनि कर्णले जनाएका छन् ।

जसअनुसार नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटा तथा रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्कालाई जिम्मेवारी दिइएको छ ।