२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तमलोपाको महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदै


0
Shares

काठमाडौं, असार ७ । तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनअन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।

नवलपरासीमा हिजोबाट सुरु भएको महाधिवेशनमा आज बिहान ९ बजेबाट आदर्श उच्च माध्यामिक बिद्यालयको प्रांगणमा बन्दसत्र सुरु हुने वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिए ।

बन्दसत्रसँगै नयां नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुने छ । अध्यक्षमा प्रतिष्पर्धा नरहेपनि अरु पदमा प्रतिष्पर्धी रहेको उपाध्यक्ष त्रिपाठीले बताए ।

महाधिवेशनबाट अध्यक्षमा फेरि महन्थ ठाकुर नै चुनिने तमलोपाले जनाएको छ । अरु पदका लागि समेत सर्वसम्मतिको प्रयास भइरहेको तमलोपाले जनाएको छ ।

२०६४ साल पुस १३ गते स्थापना भएको तमलोपाले नौ वर्षपछि महाधिवेशन गरेको हो । ५७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर महाधिवेशनले ७१ सदस्यीय बनाउने छ ।

महाधिवेशनमा जुम्ला, काठमाडौं, ललितपुर भक्तपुर र तराईका २२ गरी २६ जिल्लाका एक हजार ३४ जिल्ला प्रतिनिधि सहभागी छन् ।

सर्वसम्मत रुपमा पदाधिकारीको टुंगो लागेमा महाधिवेशन भोलि सकिने नत्र अझै एक दिन लम्बिन सक्ने तमालोपाले जनाएको छ ।