
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार ७ । अहिलेको सरकारको प्रमुख काम हो, नयाँ संविधानको कार्यान्वयन । तर, केही मन्त्रीले नै संविधानको मर्मविपरीत गतिविधि गरिरहेका छन् ।
संविधानको उपलब्धिकारुपमा रहेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रकाविरुद्धमा मन्त्रीहरु नै उत्रेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले त्यसको विरोध गरेको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धको अभियानमा छन् । त्यस्तै, अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसी संघीयताकोविरुद्धमा ।
संविधानको कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका मन्त्रीहरु नै संविधानको विरोधमा रहेपछि संसदमा यसविरुद्ध आवाज उठेको छ ।
नेपाली कांग्रसका सांसदहरुले सरकार टिकाउने नाउमा प्रधानमन्त्री केपी ओलीले संविधानकाविरुद्धमा मन्त्रीहरु नै लाग्दा पनि उनीहरुलाई सचेतसम्म नगराएको आरोप लगाएका छन् ।
संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुनप्रसाद जोशीले विभिन्न अभियानका नाममा सरकारका मन्त्रीहरु नै संविधानको विरोधमा लागेको बताए ।
उनले यही व्यवस्थाका लागि सशस्त्र संघर्ष गरेकी सभामुखकोसमेत यसमा ध्यान जानुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
कांग्रेसकै अर्का सांसद रामहरि खतीवडाले सरकारका मन्त्रीहरुका कारण नै संविधान कार्यान्वयनमा समस्या आउनसक्ने खतरा रहेको दाबी गरे ।
तर, संघीयताकोविरुद्धमा आफूहरुको गतिविधि स्वभाविक भएको उपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाइ छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्