१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


राति नै गएको चार्टर्ड विमानले अफगानिस्तानबाट १२ नेपालीको शव ल्याउँदै


0
Shares

काठमाडौं, असार ८ । आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाली टोलीसहितको विशेष विमान अफगानिस्तानतर्फ गएको छ ।

आज बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार, नेपाल प्रहरीका तीन, गृह मन्त्रालयका एक, परराष्ट्र मन्त्रालयका एक र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका एकजना चार्टर गरिएको नेपाल वायु सेवा निगमको विमानमा अफगानिस्तान गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

टोली काबुल पुगेर बिहान ७ बजे फर्कने कार्यतालिका रहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने हिजै जनाएको थियो ।

मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने छ ।

यसैबीच, सोमबारको आक्रमणमा घाइते भएका कृष्णबहादुर देउजा र मानबहादुर थापालाई भारतको नयाँ दिल्ली ल्याई उपचारका लागि एपोलो अस्पतालमा भर्ना गरिएको र तीन जना घाइतेलाई ल्याउने तयारी भईरहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

गम्भीर घाइते अवस्थाका च्याङवा तामाङको स्वास्थ्य भने निकै नाजुक रहेको जनाइएको छ । परराष्ट्र मन्त्रालयले अप्mगानिस्तानमा गैरकानूनी तरिकाले कामदार पठाउने एजेन्सीलाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाएको दाबी गरेको छ ।