२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ओली र देउवालाई ‘भेटेपछि’ दाहालले गरे अष्ट्रेलिया भ्रमण स्थगित


0
Shares

काठमाडौं, असार ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अष्ट्रेलिया भ्रमण स्थगित गरेका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको कार्यव्यस्तता भन्दै बुधबार (आज) देखि गर्ने भनिएको साताव्यापी अष्ट्रेलिया भ्रमण स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

भ्रमण स्थगितको निर्णय गर्नुअघि उनले बुधबारै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले मुलकको अवस्थालाई मध्यनजर गर्दै भ्रमणमा नजान सुझाव दिएका थिए भने देउवाले भ्रमण छोट्याउन आग्रह गरेको बुझिएको छ ।

फाइल फोटो