
काठमाडौं, असार ८ । व्यवस्थापिका–संसदको बुधबारको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतंककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उनीहरुकै घरमा पुर्याउन सरकारको ध्यानकर्षण गराएका छन् ।
उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिए ।
उनीहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम द्रुतगतिमा वितरण गर्नसमेत माग गरे ।
यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल हुन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्