
काठमाडौं, असार ८ । व्यवस्थापिका–संसदको बुधबारको बैठक सुरु हुनेबितिक्कै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेसमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताइन् ।
सभामुख ओनसरी घर्तीसित समय लिइ उनले नयाँ संविधानमा महिलाको हक, अधिकार सुनिश्चित नभएको भन्दै संविधान संशोधन गर्न माग गरिन् ।
आन्दोलनरत् निहत्था मधेसी, थारुलाई सरकारले झूठा मुद्दा लगाइ पक्राउ गर्न सुरु गरेकामा आपत्ति जनाउँदै सांसद चौधरीले बुधबारको बैठक पनि तराई मधेस आन्दोलनरत् पार्टीले बहिस्कार गर्ने जानकारी गराउँदै बैठकबाट बाहिरिइन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्