२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘सरकार तत्काल ढल्दैन’


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, असार ८ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ओली नेतृत्वको वर्तमान सरकार तत्काल नढल्ने ठोकुवा गरेका छन् ।

बुधबार पर्वतमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सहमति नहुँदासम्म यहि सरकार रहने र राष्ट्रिय सहमतिको सरकार भएपछि नेतृत्व जो–सुकैले पनि गर्नसक्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कुनैपनि चुनावबाट बाहिर बस्न नसक्ने भन्दै उनले २०७४ सालभित्र सरकारले स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव गर्ने दाबी पनि गरे ।

संविधानको कार्यान्वयनका लागि पनि चुनाव अनिवार्य रहेको उनको भनाइ थियो ।