१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


तीनसय बर्ष पुरानो सेन वंशीय दरबारको ‘हरिविजोग’ (भिडियो हेर्नुहोस)


0
Shares

-केदार कटुवाल, ईमेज

उदयपुर, असार ९ । तीन सय वर्ष पुरानो सेन वंशीय राजाको चौदण्डी गढी दरवार संरक्षण र सम्वद्र्धनको अभावमा भग्नावशेशमा परिणत भएको छ ।

उदयपुर सदरमुकाम देखि ३६ किमि. पूर्व उत्तरमा रहेको चौदण्डी दरवार १७९० विक्रम संवतमा जगतसेनले स्थापित गरेको हुन ।

पूर्व अरुण नदी र पश्चिमकमलानदी सम्म फैलिएको यो राज्यको दरवार सम्बन्धीत निकायले संरक्षणमा चासो नदिंदा ढुङ्गाको पर्खालमा मात्र सिमित रहेको छ ।

चारदशकसम्म शासन संचालन गरेका सेन वंशका राजालाई वि.सं. १८३० मा पृथ्वीनारायण शाहले हमला गरी विजयप्राप्त गरे पछि यो राज्य नेपालमा विलय भएको थियो ।

दरवारबाट उत्तर तर्फ कंचनजङ्गा, मकालु हिमालको मनोरम दृष्य, भोजपुर, खोटाङ्ग लगायतका ठाउँको दृष्यावलोकन गर्न सकिन्छ । दरवारको संरक्षण सम्बर्द्धन हुन सके पर्यटन विकासमा टेवापुग्ने स्थानियहरु बताउँछन् ।