
काठमाडौं, असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद्को बैठक अबरुद्ध पारेको छ ।
भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको र सदनमा पटक–पटक पुनर्निर्माण र भूकम्प प्रभावितलाई दिने भनिएको राहतका विषयमा सरकारसँग जवाफ माग गरे पनि सरकारले बेवास्ता गरेको भन्दै कांग्रेसले बैठक अबरुद्ध पारेको हो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद डा. प्रकाशशरण महतले भूकम्प प्रभावितको राहत वितरण प्रभावकारी नभएको र पुनर्निर्माण पनि अघि बढ्न नसकेको बताए ।
उनले आफूहरुले सदनमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै संसद् चल्न नदिने बताए ।
डा. महतले बोलिसकेपछि कांग्रेसका सांसदहरु उठेर सदन अबरुद्ध पारेका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्