
काठमाडौं, असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय मोर्चासँग वार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले शोभराम थापा नेतृत्वको ३३ दलीय मोर्चासँग आज दिउँसो सिंहदरबारमा वार्ता गर्न लागेका हुन् ।
दोस्रो संविधानसभा पूर्व मोहन वैद्यले ३३ दलीय मोर्चाको नेतृत्व गरेका थिए । मोर्चाबाट वैद्य अलग भएपछि मोर्चाको नेतृत्व राष्ट्रवादी मञ्चका अध्यक्ष शोभराम थापाले गरेका थिए ।
सरकारसँगको वार्तामा मोर्चाले ३३ दलको एउटै पार्टी दर्ता गर्न पाउनुपर्नेलगायतका माग राख्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्