१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बालुवाको ढिस्कोले पुरिएर एक छात्राको मृत्यु


0
Shares

चितवन, असार १२ । चितवनको विकट गाउँ लोथर–७, स्यामराङमा बालुवाको ढिस्कोले पुरिएर एक छात्राको मृत्यु भएको छ ।

निर्माणाधीन आफ्नै विद्यालय प्रजा श्री दुङबाङ प्राथमिक बिद्यालयलाई बालुवा लिन जाँदा ढिस्कोले पुरिएर होमरी प्रजाको मृत्यु भएको हो ।

शिक्षा कार्यालयमार्फत निर्माण भइरहेको २ कोठे विद्यालय भवनका लागि सबै गाउँलेले बालुवा ओसारिरहेका थिए ।

सोही क्रममा कक्षा ५ मा अध्ययनरत १४ वर्षिया होमरी पनि बालुवा लिन विद्यालयबाट करिब १ घण्टा टाढा गएकी थिइन् ।

विद्यालय भवन बनाउनका लागि एक पाथी बालुवा बोेकेको ४० रुपैयाँ ज्याला पाउने आशाले विद्यार्थीहरु बालुवा बोक्ने गर्छन् ।