१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


राजधानीको भोटाहिटीस्थित उल हाउसमा आगलागी


0
Shares

काठमाडौं, असार १२ । काठमाडौंको भोटाहिटीस्थित उल हाउसमा आगलागी भएको छ ।

ज्ञानेन्द्र तुलाधरको घरमा रहेको उल हाउसमा इन्भर्टर पड्किएर आगलागी भएको हो । आगलागी हुनासाथ सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकल समयमै आगो निभाउन पुगेकाले कुनै ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।