
चितवन, असार १३ । चितवनको नारायणगढ मुग्लिन सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज विहान ६ बजेटबाट सडक खण्डका ८ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राती परेको अविरल वर्षापछि नारायणगढ मुग्लिन सडक खण्डको चारकिलो, नौ किलो, घुमाउने चार किलो र पाँचकिलोको बीच भागलगायतको ८ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
अहिले पहिरो हटाउन व्यापाक रुपमा प्रहरी परिचालन गरिएको छ । विहानैदेखि सडक अवरुद्धका कारण कयौं यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्