१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु


0
Shares

मोरङ, असार १४ । मोरङको विराटनगर–५ खार्जी चोकमा मंगलबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को१ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को२५प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकलचालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते दुबैको उपचारकाक्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । रासस