२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अमेरिकामा छायाङ्कन भएको ‘सफर’ नेपालमा प्रदर्शन हुने


0
Shares

काठमाडौं, असार २२ । मानिसको जीवनमा यात्राहरु धेरै हुन्छन् । कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन ।

मानिसको जीवन यात्राका विषयमा युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म ‘सफर’को फस्ट लुक र टिजर सार्वजानिक गरिएको छ । फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ ।

यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ ।

मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।

केशब खड्काको कथा रहेको ‘सफर’ असोज १४ बाट देशैभरि प्रर्दशनमा आउँदैछ । फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ भने फिल्मको गीतमा शब्द उत्तम भौकाजी, अर्जुन सुबेदी र उज्वल मेघी गुरुङको रहेको छ ।