Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


आईएमई लुटेको पैसाले बैंक कर्मचारीको अपहरण


0
Shares

काठमाडौं, असार २३ । राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका चार्टर्ड एकाउन्टेन्ट कृष्ण साहको अपहरणका लागि सुनसरीको दुहवीभलुवामा रहेको आईएमईमा लुटपाट गरिएको खुलेको छ ।

दुई वर्ष अघि गरिएको अपहरणका लागि रकम जम्मा पार्न घटनामा संलग्नले त्यसको नौ दिन पहिले आईएमई लुटपाट गरेको प्रहरीले पत्ता लगाएको हो । सुनसरीको दुहवीभलुवा– ४ घर भएका ३४ वर्षीय साहलाई २०७१ साल जेठ २१ गते विराटनगरस्थित कार्यालयबाट घरतर्फ जाँदै गर्दा मोरङको टंकीसिनवारीबाट अपहरण गरिएको थियो ।

दुहवीभलुवा–४ मा राजकुमार भट्टराईले सञ्चालन गरेको समय ट्राभल्स एण्ड दुर्स आईएमईमा २०७१ साल जेठ १२ गते दिउँसो लुटपाट भएको थियो ।

नकावधारी लुटेरा समूहले हतियार देखाएर त्यहाँबाट चार लाख ५० हजार रुपैयाँ लुटपाट गरेर लगेपछि त्यो पैसा साहको अपहरणका लागि खर्च गरिएको पत्ता लागेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Skip This