
काठमाडौं, असार २३ । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले अनाथ र शोषणमा परेका बालबालिकाहरुलाई सहयोग गर्न भन्दै खुलेका बालगृहहरुले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाएका छन् ।
विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले विदेशी धर्मको प्रचार गर्ने जुनसुकै संघ–संस्था खारेज गर्ने चेतवानी पनि दिए ।
कार्यक्रमका अन्य सहभागीहरुले पनि बालबालिकाको क्षेत्रमा काम गरेको बताउने गैरसरकारी संस्थाहरुको प्रतिफल राम्रो नभएको बताएका थिए ।
कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरुले पनि गैरसरकारी संस्थाहरुको काम प्रभावकारी हुन नसकेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्