५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


खर्च कटौती प्रस्ताव अस्वीकृत


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, असार २५ । व्यवस्थापिका–संसदको शनिबारको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत् विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गर्‍यो ।

त्यसैगरी, सांसद अनुराधा थापामगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गरेको प्रस्ताव पनि बहुमतले अस्वीकृत गर्‍यो ।

त्यसअघि, सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेकी थिइन् ।

दुबै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनिमतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् । रासस