५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


स्कुल जाने उमेरमा ‘खच्चड ड्राइभर’, मासिक आठ हजार कमाई(भिडियो हेर्नुहोस)


0
Shares

-विकास मरहठ्ठा, ईमेज

गोरखा, असार २६ । शिक्षा हासिल गरी भविष्यमा सवल नागरिक बन्ने रहर कुन बालबालिकालाई हुँदैन र ? तर गोरखाको उत्तरी क्षेत्रको दुर्गम गाविसका बालबालिका भने बिद्यालयको पहुँचबाट टाढा छन् ।

घरको कमजोर आर्थिक अवस्था र बिद्यालयको अभावमा उनीहरु खच्चड गोठालोमै सीमित छन् । शिक्षा बाट बन्चित हुनु परेको तितो यथार्थ उत्तरी गोरखाका बालबालिकाहरुमा अझै पनि कायम नै छ ।

बिद्यालय जाने अधिकांश बालबालिकाहरु खच्चड ड्राइभर हुने गरेका छन् । बिद्यालय जाने उमेरका बालबालिकाहरु बिद्यालयमा होइन उत्तरी गोरखाको मनास्लु पदमार्गमा खच्चड धपाउंदै गरेका भेटिन्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिद्यालय छाडेर पैसा कमाउने उदेश्यले खच्चड धपाउने काममा लागेको उनिहरु बताउंछन् ।

एक त गरिवी अर्कोतर्फ गाउँ नजिकै बिद्यालय नहुदाँ पनि श्रम गर्न बाध्य छन् यस क्षेत्रका बालबालिकाहरु । गाउँमा बिद्यालय भएपनि शिक्षकको उपस्थिती न्युन हुन्छ । त्यति मात्र होइन जनचेतनाको कमीले बिद्यार्थीहरु पनि बिद्यालय नजाने परम्पराले अझै पनि जग गाढेको छ ।

सानै उमेरमा पैसा कमाउने रहरले उनीहरु खच्चडको गोठाले बन्न पुग्छन् । कतिपय बालबालिकाको त घरखर्च चलाउने माध्यम नै त्यहि बनेको छ । सांघुरो बाटोमा खतरा धेरै भएपनि आफूहरुको बाध्यता भएको उनिहरु बताउंछन् ।

उत्तरी गोरखामा एक सय २५ खच्चडका समुह छन् । जहां सबै खच्चड ड्राइभर बालबालिका नै हुन् । वेलुकी गन्तब्यमा पुगी भारी झिकेर खच्चडलाई दाना खुवाएपछि खच्चड ड्राइभरको एक दिनको दिनचर्या सकिन्छ ।

सो क्षेत्रमा पढ्न छाडेर खच्चड ड्राइभरको पेशा अंगालेका दुइ दर्जन भन्दा वढी वालवालिका छन् । सडकको पहुँच नभएको उक्त क्षेत्रको सामान ढुवानीको एक मात्र साधन खच्चड हो ।

खच्चडले लापु, गुम्दा, काशिगाउँ ,केरौजा, छेकम्पार, चुम्चेत, विहि, प्रोक, ल्हो, सामागाउँमा सामान ढुवानी गर्छ । चामल, नुन, तेल, रड, सिलिण्डर लगायतका सामाग्री उत्तरी गोरखामा ढुवानी हुन्छन् । यहांका बालबालिकाले खच्चड ड्राइभरकै काम गरेर मासिक ८ हजारसम्म कमाउने गरेका छन् ।

भिडियो हेर्न यहा क्कि गर्नुहोस