
गौर, असार २६ । रौतहटको धन्सार वन कार्यालयको वन क्षेत्रमा एक साता यता सालका सयौं रुख काटिएको छ ।
वन फँडानी हुँदासमेत वन कर्मचारी भने बेखबर झै रहेका छन् । सयौं रुख भटाभट काटिँदासमेत चूप रहनुमा वन कर्मचारीले कै मिलोमतो हुन सक्ने आशंका स्थानीयले गरेका छन् । वन फँडानी भइरहेकोमा कारवाही गर्नेभन्दा पनि लगत संकलन र ठूटा गन्ती गर्नेमै वनका कर्मचारी सीमित रहेका छन् ।
कर्मचारीहरु वनको गस्ती गर्नभन्दा चन्द्रनिगाहपुरमै बसिरहने भएकाले पछिल्ला दिनमा रौतहटको वन तस्करको अखडामा परिणत हुदै गएको गुनासो स्थानीयले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्