५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


चारवटा नगरपालिकालाई नमूना शहर बनाउन १० अर्ब रुपैयाँ लगानी


0
Shares

कैलाली, असार २७ । कैलाली र कञ्चनपुरका चार वटा नगरपालिकालाई नमूना शहरी क्षेत्रको रुपमा विकास गर्न एशियाली विकास बैक, एडीबीले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

एडीबीले कैलाली कञ्चनपुरको चार वटा नगरपालिकाको आर्थिक, सामाजिक विकाससँगै वातावरणीय सुधारका लागि लगानी गर्न लागेको हो ।

कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुरको भीमदत्त तथा झलारी पिपलाडी नगरपालिका रहेको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर द्विजराज भट्टले बताए ।

एडीबीले आयोजनाको अवधि २५ वर्षको हुने जनाएको छ । अधिकांश काम भने पाँच वर्ष भित्रै पूरा गर्ने गरी तयारी थालिएको इन्जिनियर भट्टले बताए ।

नगरपालिकालाई सुविधा सम्पन्न शहर बनाउने उद्देश्यका साथ एडीबीले सुदूरपश्चिम क्षेत्रीय शहरी विकास परियोजना मार्फत लगानी गर्न लागेको हो ।