
प्रदीप पौडेल (इमेज)
पोखरा, असार २७ । नेपाल–भारतमैत्री बससेवाअन्तर्गत् सोमबारदेखि पोखरा–नयाँदिल्ली सीधा बससेवा सन्चालनमा आएको छ । यसले दुई देशबीच चिसिँदै आएको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
नेपाल–भारतमैत्री बससेवाको सोमबार गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजित रायले संयुक्तरुपमा उद्घाटन गरे ।
सो अवसरमा गृहमन्त्री बस्नेतले यो सेवाले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बससेवाले पर्यटन प्रबद्र्धनमा पनि सघाउ पुर्याउने भन्दै मन्त्री बस्नेतले पोखरा, मुक्तिनाथ मन्दिर दर्शन तथा अन्नपूर्ण बेस क्याम्प घुम्नका लागि ठूलो संख्यामा भारतीय पर्यटक आउने विश्वास व्यक्त गरे ।
बससेवा बिनाअवरोध सन्चालनमा आउनुपर्नेमा जोड दिइएको छ ।
दिल्लीका लागि उक्त बस पोखरा पर्यटन बसपार्कबाट दैनिक बिहान ९ बजे छुट्ने जनाइएको छ ।
पोखरा, स्याङ्जा, बुटवल, भैरहवा, सुनौली, गोरखपुर, लखनउ हुँदै दिल्ली पुग्नेछ भने सोही रुटअनुसार पोखरा फिर्ता हुनेछ ।
पोखराबाट दिल्लीको लागि भाडा एकतर्फी प्रतियात्रु ३ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।
‘मोडर्न इरा’ले ७ वर्षअघि पनि पोखरा दिल्ली बससेवा सन्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्