२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या


0
Shares

काठमाडौं, असार २८ । अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो ।

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । घटनामा दुई प्रहरी घाइते भएका छन् ।

बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ । मुद्दाको सुनुवाईका क्रममा अदालत परिसरमा रहेका कैदीले अदालतकै सुरक्षार्थ खटिएका प्रहरीको बन्दुक खोसी गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । हत्या किन गरियो भन्ने खुलेको छैन । (एजेन्सी)