
काठमाडौं, असार २८ । सरकारी स्ववित्वको नेपाल पुर्नविमा कम्पनी लिमिटेडले ‘म बनाउँछु मेरो धरहरा’ अभियानको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । काठमाडौंमा भएको कम्पनीको साधारण सभाले म बनाउछु मेरो धरहरा अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले अव बन्ने धरहरा भुकम्प प्रतिरोधात्मक हुने वताउँदै पुननिर्माण अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्