
काठमाडौं, असार २८ । सगरमाथा इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
मंगलबार राजधानीमा सम्पन्न साधारणसभाले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७१/०७२ को नाफाबाट २३ दशमलव ७५ प्रतिशत बोनस सेयरसहित लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले सन्चालक समितिलाई पुनः प्राथमिक शेयर निष्कासन ( एफपीओ) जारी गर्ने अख्तियारी पनि प्रदान गरेको छ ।
वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष रामकृष्ण मानन्धरले कम्पनीले गत वर्षको भूकम्पबाट कम्पनीका बिमितहरुको भौतिक सम्पत्तिको क्षतिको ३ हजार १५ ओटा दाबी परेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ हजार ५ सय ५१ दाबी फछ्र्यौट गरी १ अर्ब १६ करोड १४ लाख भुक्तानी गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्