५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


बजेट सक्न असार अन्तिममा गरिएको काम कस्तो होला ?(भिडियो हेर्नुहोस)


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

पाँचथरर, असार २९ । चालु आर्थिक बर्षको अन्त्य संगै बजेट सक्न पांचथरका सरकारी कार्यालयहरुलाई पनि भ्याई नभ्याई भएको छ ।

वजेटको सदुपयोग र सम्वन्धित निकायको ध्यानकर्षण नहुँदा जिल्लामा संचालित सिंचाई, कृषि, सडक, विद्यालय भवन, पुल कल्र्भट निर्माण लगायतका योजनाहरु अलपत्र अवस्थामा पुगेका छन् ।

पांचथरको फिदिम नगरपालिका मार्फत सम्झौता गरिएका पुतलीचोक फलाँटे केरावारी हुँदै पावर हाउस जोड्ने मोटरवाटो, मझिटे त्रिकोण सडक निर्माण तथा मर्मत र मायालुमोड तिनमौले पात्ले भञ्ज्याङ आदी सडक खण्डमा समेत अहिले भ्याइ नभ्याइ गरी स्काभेटर लगाँइदैछ ।

यस्तै जिल्ला बिकास समिति र जिल्ला प्राविधिक कार्यालय मार्फत सञ्चालन गरी सम्झौता गरिएका डेढ दर्जन वढि योजनाको काम हुन नसकेकाले असार मसान्त सम्ममा आर्थिक र भौतिक प्रगती देखाउने उदेश्यले धमाधम काम गरिँदैछ

पाँचथरको फिदिम स्थित नयाँ शहर आयोजनाले १४ असारमा आठवटा उपभोक्ता समिति गठन गरेर १ करोड २४ लाख रुपैंयाको काम गराउन योजना सम्झौता गरेसंगै आफूहरु काममा जुटेको उपभोक्ता समिति अध्यक्ष प्रताप लावती बताउँछन् ।

आर्थिक बर्ष सुरु भएको एघार महिनासम्म चुपचाप बसेका नयाँ शहर सहित जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, नगरपालिका र गाँउ विकास समिति मार्फत सञ्चालन हुने अधिकांश योजनामा यतिखेर धमाधम स्काभेटर, जेसिवि सँगै ग्रेडर र रोलर जस्ता उपकरण लगाइदैँछ ।

फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई आफ्नो कारण नभएर उपभोक्ताकै कारण धेरैजसो योजना समयमा सञ्चालन हुन नसकेको दावी गर्छन ।

कृषक समुदाय खेतीमा व्यस्त रहेका बेला योजना सञ्चालनदेखि अनुगमन गर्न कठिनाई हुँदाहुँदै पनि जवरजस्ती असारमा काम गर्दा गुणस्तरीय हुने सम्भावना न्युन हुन्छ, यसलाई सुधार गर्न आर्थिक वर्षको अन्त्य चैत मसान्त वनाउने हो भने हिँउद भरमै सवै काम सम्पन्न गर्न उपभोक्तालाई तथा कामको अनुगमन गर्न कार्यान्वयन निकायलाई पनि सहज हुने थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस