
काठमाडौं, असार २९ । बुधबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आयो ।
यसदिन नेप्से साढे २ अंकले झरेर १६ सय ९० बिन्दूमा आइपुग्यो । मंगलबार पनि नेप्से ९ अंकले घटेको थियो ।
बुधबार कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से ऋणात्मक रहन गएको हो ।
वाणिज्य बैंक, बीमा, विकास बैंक, जलविद्युत् र बीत्त समूहमा गिरावट आयो भने अन्य, उत्पादनमूलक र होटल समूहमा सुधार आयो ।
यसदिन १ सय ४३ कम्पनीको १९ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ९ करोड ७० लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्