
फाइल फोटो
काठमाडौं, असार ३० । गत आइतबारदेखि प्राविधिक समस्याले ‘ग्राउन्डेड’ भएको नेपाल एअरलाइन्सको ‘बोइङ ७५७’ विमान मर्मतपछि सन्चालनमा आएको छ ।
बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि बुधबार राति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
उक्त विमानले बुधबार राति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्