Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


न्यायाधीशको संसदीय सुनुवाइ आइतबारदेखि


0
Shares

                                                 फाइल फोटो
काठमाडौं, असार ३० । संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।

समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा विहीबार बसेको बैठकमा न्यायाधीशकाविरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो ।

बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ ।

न्यायपरिषदले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्वमहान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्तात्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो । रासस

Skip This