१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


घर भत्किँदा दुईजनाको मृत्यु


0
Shares

नुवाकोट, असार ३० । अविरल वर्षाका कारण बुधबार राति नुवाकोटको सिक्रे गाउँ विकास समिति वडा नम्बर–८ मा एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनका १३ वर्षीया नातिनी पुष्पा श्रेष्ठ छन् ।

वर्षाले घरको जग भासिएपछि उनीहरुको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।