१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


दुर्घटनामा एकजनाको मृत्यु, २५ जना घाइते


0
Shares

नवलपरासी, असार ३१ । नवलपरासीको चोरमारामा बस र ट्रक ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट प्युठान जाँदै गरेको ना५ख ६२७४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु१ख ६७५१ ट्रक शुक्रबार बिहान आपसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

उनीहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।