५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


रौतहटमा ७५ प्रतिशत धानखेत बाँझै


0
Shares

गौर, असार ३१ । बागमती सिंचाई आयोजनाले नहरमा पानी नछाड्दा रौतहटमा अझै ७५ प्रतिशत जमिन बाँझै रहेको छ ।

असार महिना बितिसक्दा समेत रौतहटमा २५ प्रतिशतमात्रै खेतमा धान रोपाई भएको हो ।

नहर मर्मतको नाममा आयोजनाले खेती हुने समयमा पानी नछाड्ने र पर्याप्त वर्षा नभएका कारण रौतहटका अधिकांश खेत बाँझै रहेको हो । असार महिनाभित्र रोपेको धानको उत्पादन राम्रो हुने र त्यसपछि रोपेको धानको उत्पादन सन्तोषजनक नहुने जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ ।

१ लाख १२ हजार ६ सय हेक्टर कूल खेतीयोग्य जमिन रहेको रौतहटमा ३९ हजार ३ सय हेक्टर खेतमा धान खेती हुँदै आएको छ । यसपटक सिंचाईको अभावमा किसानले लगाएको बीउ खेतमै सुक्न थालेको हो । भूमिगत सिंचाईबाट केही जमिनमामात्र धान खेती गरिएको किसानले बताएका छन् ।